Thursday, December 3, 2009
गजल
देशको बिकास गर्न पाइला चाल्नै पर्छ अब
भ्रष्टाचारि बस्ने कुर्सि बाल्नै पर्छ अब
पायो भने सबै खाने सुगुँर जस्तो बानी यिनको
घुस् खाने मुख यिनको टाल्नै पर्छ अब
देशको बिकास गर्न छोडी आफ्नो बिकास गर्नेलाई
जिउदै लागि त्रीशुलीमा फाल्नै पर्छ अब
भ्रष्टाचारको जगमा टेकी ठड्याएका महलहरु
एक एक गरी महल सारा ढाल्नै पर्छ अब
पुष्ता पुष्ता सम्मलाई पुग्ने गरी थुपारेछौ
तिम्रो त्यही धनले जनता पाल्नै पर्छ अब
गजल
उसले गर्ने माया पनि लाग्न थाल्यो जाली अचेल
कुन्नी कता हराएछ मेरी आफ्नै काली अचेल
तिमीलाई हेर्न पाए पुग्यो अरु चाँहीदैन भन्थी
मलाई देख्दा अन्तै तिर किन भाग्न थाली अचेल
मेरो मनमा फूल तिमी झर्न दिने छैन भन्थिन
कोपिला मै टिपी फाल्ने आँफै भइन माली अचेल
भन्थिन उनि तिमी बिना अधुरो छ जीवन मेरो
मरी जाओस 'उत्तम' भनि दिन्छिन रे खै गाली अचेल
म पो भार भए उनलाई अरुलाई त धानेकै छ
भाकिछिन रे बेशिजन मै काँक्रो फल्ने बाली अचेल
यिनै पिडा सँगालेर गाइ रा'छु गजल आज
रुवाउने गजल सुन्दा बज्न थाले ताली अचेल
गजल
देख्दिन म आजभोलि हरायौ कि मेरी सानु
मैले साथ छोड्छु भनि डरायौ कि मेरी सानु
भेट्न जादा तिमीलाई कोठा बन्द भा'को पाए
पहिले बस्ने कोठा अन्तै सरायौ कि मेरी सानु
तिम्रो रूपको बयान अब अर्कैबाट सुन्न थाले
अर्कैलाई पो बैश आफ्नो चारायौ कि मेरी सानु
मैले एक छिन छुदा पनि चिच्याएर रुन्थ्यौ तिमी
अर्कैले त्यो बैश चर्दा करायौ कि मेरी सानु
तिम्रै हातले सिउदो भरि सधैं तिम्रै हुन्छु भन्थ्यौ
सपनामा पो तिमीले सिउदो भरायौ कि मेरी सानु
पराइकै सिन्दूरले सिउदो आफ्नो ढाक्ने भयौ
मलाई छोडि पराइनै मन परायौ कि मेरी सानु
गजल
एउटै ठाउँको बसाइ हाम्रो सारी अन्तै गयौ किन?
आँखा भित्र आँशु मात्रै भरि अन्तै गयौ किन?
तिमी पनि रुन्छ्यौ होला एकान्तमा कहिलेकाही
काम दुबै रोई बस्ने गरी अन्तै गयौ किन?
भनेकै त थिए मैले साथ दिउला जीवन भरि
आज अर्कैको भरमा पारी अन्तै गयौ किन?
मरभुमी यो जीवन भयो उजाड भए सपनाहरु
हरियाली जीवन छदा चरि अन्तै गयौ किन?
तिम्रो मेरो बिछोडले केही दिनमा मर्छु होला
लाशसँग नभन्नु ल मरी अन्तै गयौ किन?
Saturday, August 1, 2009
केटा बाट प्रश्न
कहिलै नभाको कुरा जिवनमा आज भयो
मेरी आफ्नै प्रेमिकामा अर्कैको पो राज भयो
सजाएर राखी रहे मुटु भित्र उनि लाई
मुटु बाटै चोरी लाने कुन मोरा पो बाज भयो
मेरो संसार तिमी नै हौ भन्ने गीत गाउथिन उनि
आज अर्कैको माया उनको शिरको ताज भयो
अर्कै सङ देख्दा उनलाई मुटु मेरो जली रह्यो
त्यही आगोमा हात सेकी उनैको मसाज भयो
छोडी गए पछि उन्ले के छ र खै गर्न बाकी?
जाड रक्सी धोकी बस्ने एउटै कामकाज भयो
फूल् जस्तै माहुरिलाइ लोभ्याउदै हिडदि रैछिन्
उनकै माया सक्खर भो मेरो माया गाज भयो ।
केटी बाट उत्तर
तिम्रै मनको बगैचामा बशन्त झै छाए हजुर
तिम्रै न्यानो अँगालोमा रमाइ रहु जस्तो लाग्दा
जता तिमी बोलाउथ्यौ म त उतै आए हजुर
तिम्रै माया चोखो ठानी आएथे म भेट्न तिमीलाई
तिम्रो सामु पुग्दा तिमीलाई अर्कै सँग पाए हजुर
फूल जस्तै माहुरिलाई लोभ्याउदै हिंडे हुला
रस चुस्ने तिमी बाट ठुलै धोका खाए हजुर
रक्सी पिई गाली गर्थ्यौ अरु मेरो को थ्यो र खै?
त्यसै बेदनाले गर्दा अन्तै तिर धाए हजुर
भड्डी भित्र रक्सी बेच्ने साहुनिलाई आफ्नी भन्थ्यौ
अर्कै जीवन साथी खोज्दा मैले के बिराए हजुर
मलाई देख्दा रक्सी पिउने बानी तिम्रो छुटोस भनि
वीरनो एक परदेशी सँग मैले माया लाए हजुर
Friday, July 31, 2009
दशरथ चन्द
दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो । शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो । त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो । महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो । त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो । उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणाविरोधी लेख छाप्नुहुन्थ्यो । दशरथ चन्द र गङ्गालाल एउटै जेलको कोठामा पर्नुभएको थियो । तत्कालीन राणासरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो । उहाँ अविवाहित नै शहिद हुनुभयो । दशरथका जेठा बुबा रबी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए । भाई ललित चन्द पनि २०५१ सालमा बिते । चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो । दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो । उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो । मोही शहीदलाई खुब मनपर्थ्यो । बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।