Friday, July 31, 2009

भीमदत्त पन्त



तारानाथ पन्तका छोरा शहीद भीमदत्त पन्तको जन्म डडेल्धुराको घटाला कारीगाउँमा वि.सं. १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याटि्रक पास गरेर नेपाल फर्के डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले त्यसपछि उनले तल्लो सोरठ रूपालमा पनि पाठशाला खोले २००१ सालमा भारत पढ्न गएका पन्त अंग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टी लिए २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि कांग्रेस पार्टी छाडे त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौँ आएर पार्टीसँगै सम्पर्क गरे जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन आदिमा लागेपछि उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो भोलिपल्ट स्थानीय सामन्तीहरूको मद्दतमा सिपाहीद्वारा टाउको काटेर मारियो

उहाँको एउटा संघर्षशिल कविता यस्तो थियो -
कि जोत हलो, कि छडो थलो
यदि हैन भने अब छैन भलो

No comments:

Post a Comment