देशको बिकास गर्न पाइला चाल्नै पर्छ अब
भ्रष्टाचारि बस्ने कुर्सि बाल्नै पर्छ अब
पायो भने सबै खाने सुगुँर जस्तो बानी यिनको
घुस् खाने मुख यिनको टाल्नै पर्छ अब
देशको बिकास गर्न छोडी आफ्नो बिकास गर्नेलाई
जिउदै लागि त्रीशुलीमा फाल्नै पर्छ अब
भ्रष्टाचारको जगमा टेकी ठड्याएका महलहरु
एक एक गरी महल सारा ढाल्नै पर्छ अब
पुष्ता पुष्ता सम्मलाई पुग्ने गरी थुपारेछौ
तिम्रो त्यही धनले जनता पाल्नै पर्छ अब

hello... hapi blogging... have a nice day! just visiting here....
ReplyDelete