
जीवन मैले सुख ठाने दु:ख मात्र हात लाग्यो
राम्रै नाता जोडन खोज्दा दुनियाँको बात लाग्यो
सोचे जस्तै हुन्न रैछ चेतन शिल मान्छे पनि
मान्छे नभै पशु भन्दा तलको त्यो जात लाग्यो
हिजो सम्म सदर थियो जुन नाता तिमी बाट
आज त्यही नाता किन घात माथि घात लाग्यो
सुख को बिउ ठानी रोपे दु:ख बनी उम्र्मियो त्यो
जिन्दगी त नशा रैछ नाता पनि मात लाग्यो
दु:ख जती सँग लेर दिनु खुशी दिए उनलाई
मनले धान्नै नसक्ने ति दु:खै दु:खको खात लाग्यो
म सँग आज देखि नबोल्दा नि हुन्छ भन्दा
माथि सुर्य हुँदा हुँदै मलाई किन रात लाग्यो
फुटेको त्यो ऐना सरि सपना भता भङ हुँदा
हावा सँगै उडि जाने जिन्दगी त पात लाग्यो

No comments:
Post a Comment