
च्याट्मा भाको कुराकानी अरु कसले सुन्थ्यो सरु?
तिमीले लेखेका शब्द हेर्दा रिशले आकाश छुन्थ्यो सरु
बनावटी कुरा गरी लोभ्याउन खोजे पनि
ति कुरालाई सत्य ठानी सपना कसले बुन्थ्यो सरु ?
यथार्थ कुरा मैले गर्दा अर्थ तिमीले गलत लाई
बैतडेली छुच्चो भन्दा यो मन पनि रुन्थ्यो सरु
मैले मात्र होइन कुरा तिमीले पनि गरे कै हो
बताइ दिनु प्लिज मलाई खराब कुरा कुन्थ्यो सरु
मलाई छुच्चो नाम दिने तिमी दाता रैछौ क्यारे
नत्र च्याटमा कुरा गर्न तिमीलाई कसले चुन्थ्यो सरु
जे भएनी तिमीले मलाई उपहार एउटा नाम दियौ
त्यही उपहार तिमीलाई तिमीले दिएको जुन्थ्यो सरु
केटी हु म भन्थेउ तिमी छुच्चो शब्द सुहाउन्नकी ?
'चो' हटाइ 'ची' राख्दा तिमीलाई ठीक्क हुन्थ्यो सरु ।

No comments:
Post a Comment