
तिमी समिप आइ दिदा तिमी सँगै बसौ जस्तो
तिमी ओझेल हुन लाग्दा भिर बाट खसौ जस्तो
कल्पना मै डुबी सके तिमी अन्तै धाउने गर्छौ
पाउन अब तिमीलाई लाग्छ कम्मर कसौ जस्तो
मायाजालमा परेर नै पागल भैइ हिडछन कति
मलाई भने झनै लाग्छ मायाजालमा फसौ जस्तो
माया गर्नु हुन्न यो त आँफै बस्छ भन्थेउ तिमी
त्यही माया पाउन लाग्छ मुटु भित्रै पसौ जस्तो
तिमीलाई आफ्नो भन्नेहरु जता ततै देख्न पाउँदा
लाग्न थाल्छ ति सबै लाई सर्प बनी डसौ जस्तो
खरानी सरह बन्न पुगे अनमोल यि सपना हरु
किन लाग्छ त्यही खरानी अनुहारमा घसौ जस्तो

No comments:
Post a Comment