
अपवित्र रैछ यो मन फेरी पनि धुन्न नानु
गाह्रो रैछ पवित्र मन भाको मान्छे चुन्न नानु
बोली पनि अपवित्र लाग्छ क्यारे तिमीलाई मेरो
तिम्रै निम्ती गाए गजल एक्कै पल्ट सुन्न नानु
बैनी सम्झी तिमीलाई माया गर्नु पाप भयो
पुन्य हुन्थ्यो होला शायद मायाजाल बुन्न नानु
माया गरी टाउकोमा छुँदा पनि रिसायौ रे
माया गरी पिट्दा पनि कोइ बैनी रुन्न
गंगा जल रैछौ तिमी गन्हाउने म ढलको पानी
मिसिदैमा ढलमा गंगा अपवित्र हुन्न नानु
मैले छुँदा अपवित्र भयौ भने माफ गर
तिमीलाई मात्र होइन तिम्रो छाँया पनि छुन्न नानु
म सँग रिसाएनी खुशी भै बस्नु तिमी
दादा भन मलाई भनि भिक माग्न आउन्न नानु

No comments:
Post a Comment