Wednesday, July 22, 2009

गजल



उनका तिखा नयन बाण मुटु वारपार भए
छिया छिया भएन मुटु मात्र टुक्रा चार भए

कसलाइ पो माया गर्नु टुक्री एको मुटु लिई
उनकै लागि पनि आज म त ठुलै भार भए

खेल्नु सम्म खेलिन उनले आज मेरो जीवन सँग
स्पर्श मै ओइलाइ जाने लज्जावती झार भए

दु ख मात्र दिन्छिन उनि छोड्नुको त नाम छैन
उनि सँगै झुन्डी बस्ने म त थोत्रो हार भए

माहुरी झै स्वभाव उनको फूल खोज्दै डुली हिंड्ने
आखिर उनले फर्की आउने म त माहुरीघार भए

पर्नु पिर परिन मलाई आफ्ना इछ्या पुर्याऊदै
आफ्नो त्यही दु ख पोख्न म त गजलकार भए

No comments:

Post a Comment