
उनका तिखा नयन बाण मुटु वारपार भए
छिया छिया भएन मुटु मात्र टुक्रा चार भए
कसलाइ पो माया गर्नु टुक्री एको मुटु लिई
उनकै लागि पनि आज म त ठुलै भार भए
खेल्नु सम्म खेलिन उनले आज मेरो जीवन सँग
स्पर्श मै ओइलाइ जाने लज्जावती झार भए
दु ख मात्र दिन्छिन उनि छोड्नुको त नाम छैन
उनि सँगै झुन्डी बस्ने म त थोत्रो हार भए
माहुरी झै स्वभाव उनको फूल खोज्दै डुली हिंड्ने
आखिर उनले फर्की आउने म त माहुरीघार भए
पर्नु पिर परिन मलाई आफ्ना इछ्या पुर्याऊदै
आफ्नो त्यही दु ख पोख्न म त गजलकार भए

No comments:
Post a Comment