Wednesday, July 22, 2009

गजल



बिदेशिको चक्रबिहुमा फसी रा'छ नेता
जनताको यो नजर बाट खसी रा'छ नेता

भन्ने गर्छ नेपाली म सगरमाथा शिर मेरो
आमा लाई तर हरदम डसी रा'छ नेता

सधैं भरि भनि रन्छ हिन्शा रोक्नु पर्छ अब
यथार्थम आँफै छुरी धसी रा'छ नेता

घरगृस्ती चलाऊन नसकेर के भो कुन्नी ?
देश चलाऊन आफ्नो कम्मर कसी रा'छ नेता

उपचार गर्न पैसा नपाई मरी राछन जनता कति
ज्वरो आउँदा पनि बिदेश पसी रा'छ नेता

भारतीय झन्डा मुनी सुस्ता अनि काला पानी
आफ्नो देशको झन्डा ओछ्याइ बसी रा'छ नेता

1 comment: