
बिकास गर्न सबले पाइला चाल्नै पर्छ अब
भ्रष्टाचारी बस्ने कुर्सी बाल्नै पर्छ अब
कुर्सी कै आड लिई जनता दमन गर्ने हरू
तिमीलाई लागि तिर्सुलिमा फाल्नै पर्छ अब
जनताको त्यो कमाइमा मस्त सँग बसेउ तिमी
बाकी जीवन जेलामा तिमीलाई हल्नै पर्छ अब
महल भित्र बस्छ्यौ तिमी कसैलाई झुप्रो छैन
तिमीले बस्ने महल पनि ढाल्नै पर्छ अब
जती खाए पनि हुन्न सुगुर जस्तो बानी तिम्रो
घुस् खाने तिम्रो मुख टाल्नै पर्छ अब
थुप्रै थुपारेछौ धन भ्रश्टाचार गरी गरी
तिम्रो त्यही धनले गरीब पाल्नै पर्छ अब

Ramro krantikari geet
ReplyDelete