Wednesday, July 22, 2009

गजल











तिमीले घर जम गरौ भन्दा आटेन त के पो भयो ?
धेरै धेरै बाट तिमीलाई छाटेन त के पो भयो ?

भन्ने गर्थ्यौ म त तिम्रै तिमी मेरो हुनै पर्छ
तर तिमी सँग मुटु साटेन त के पो भयो ?

अरु कसै सँग माया गर या छैन मैले भन्थ्यौ
तिमीलाई मैले केही कुरा ढाटेन त के पो भयो ?

एक तर्फी तिम्रो माया टुट्छ भने टुट्न देउ
बलियो डोरी प्रेमको त्यो बाटेन त के पो भयो ?

टाढाको त्यो देउता भन्दा नजिकैको भुत जाती
तिमी सँगै बसी जीवन काटेन त के पो भयो ?

रुप रङ हेर्दा तिमी अप्सरा झै लग्थ्यौ तर
तस्वीर हातमा राखी अधर चाटेन त के पो भयो ?

No comments:

Post a Comment