Saturday, August 1, 2009

केटी बाट उत्तर



मेरो संसार तिमीनै हौ भन्ने गीत गाए हजुर
तिम्रै मनको बगैचामा बशन्त झै छाए हजुर

तिम्रै न्यानो अँगालोमा रमाइ रहु जस्तो लाग्दा
जता तिमी बोलाउथ्यौ उतै आए हजुर

तिम्रै माया चोखो ठानी आएथे भेट्न तिमीलाई
तिम्रो सामु पुग्दा तिमीलाई अर्कै सँग पाए हजुर

फूल जस्तै माहुरिलाई लोभ्याउदै हिंडे हुला
रस चुस्ने तिमी बाट ठुलै धोका खाए हजुर

रक्सी पिई गाली गर्थ्यौ अरु मेरो को थ्यो खै?
त्यसै बेदनाले गर्दा अन्तै तिर धाए हजुर

भड्डी भित्र रक्सी बेच्ने साहुनिलाई आफ्नी भन्थ्यौ
अर्कै जीवन साथी खोज्दा मैले के बिराए हजुर

मलाई देख्दा रक्सी पिउने बानी तिम्रो छुटोस भनि
वीरनो एक परदेशी सँग मैले माया लाए हजुर

No comments:

Post a Comment