Thursday, July 23, 2009

गजल


च्यातिएको मुटुलाई धेरै पल्ट सिए मैले
तिम्रो याद आइ दिदा फेरी पनि पिए मैले

किन टाढा गयौ तिमी मलाई एक्लै छोडि यहाँ
सुख दु:खमा साथ तिमीलाई दिएकै त थिए मैले

मन भरि ब्यथा लुकाइ हाँस्न पनि सक्दिन म
तिमी हाँसे पुग्यो मलाई आशु हरु लिए मैले

अर्कै सँग रमाइ रमाइ जीवन तिम्रो सार्थक होला
आफ्नो जीवन जिउनु जती एकैलाशमा जिए मैले

अरु सँग माया गास्ने सा हश पनि छैन अब
मुटु भरि भरि माया तिमीलाई नै दिए मैले

No comments:

Post a Comment