Thursday, July 23, 2009

गजल


तिमी समिप आइ दिदा तिमी सँगै बसौ जस्तो
तिमी ओझेल हुन लाग्दा भिर बाट खसौ जस्तो

कल्पना मै डुबी सके तिमी अन्तै धाउने गर्छौ
पाउन अब तिमीलाई लाग्छ कम्मर कसौ जस्तो

मायाजालमा परेर नै पागल भैइ हिडछन कति
मलाई भने झनै लाग्छ मायाजालमा फसौ जस्तो

माया गर्नु हुन्न यो त आँफै बस्छ भन्थेउ तिमी
त्यही माया पाउन लाग्छ मुटु भित्रै पसौ जस्तो

तिमीलाई आफ्नो भन्नेहरु जता ततै देख्न पाउँदा
लाग्न थाल्छ ति सबै लाई सर्प बनी डसौ जस्तो

खरानी सरह बन्न पुगे अनमोल यि सपना हरु
किन लाग्छ त्यही खरानी अनुहारमा घसौ जस्तो

No comments:

Post a Comment