Wednesday, July 22, 2009

muktak


पहिले पहिले हजुर कै शरणमा पर्छु भन्थिन ।
तिम्री हुन पाएन भने झुन्डिएर मर्छु भन्थिन ।
धेरै भयो नभेटेको मरिन भनि छाक बारे
आज भेटे अर्कै सँग उतै बिहे गर्छु भन्थिन




तिमी बाट के पाउछु खै? अरु बाट ठेश पाए
आफन्तको भिडमा यँहा तिमीलाई मात्र शेष पाए
मान्छे भएर आज सम्म के नै गर्न सक्या छु र?
जुंम्रा बन्न तयार छु म बस्न तिम्रो केश पाए

तिमीलाई माया लाउछु भनि तिमि तिरै धाए प्यारि
हिंड्ने बाटो भरि मैले अर्कै सँग माया लाए प्यारि
त्यो भन्दा त तिमी धेरै राम्री रैछ्यौ भनि ठानी
त्यसलाई छोडि खुरु खुरु तिम्रै घरमा आए प्यारि

1 comment: