Wednesday, July 22, 2009

गजल

















सँग
सँगै हिडौ भन्दा, डरायौकी मेरी सानु?
आज
भोली देख्दिन खै, हरायौकी मेरी सानु?

तिमीलाई भेट्न जादा मैले, कोठा बन्द भाको पाए
पहिले बस्ने कोठा अन्तै, सरायौकी मेरी सानु?

मेरो सामु पर्न पनि, लजाउछ्यौरे तिमी अचेल्
बैश आफ्नो अरुलाई नै, चारायौकी मेरी सानु?

दुनियाँ स्वार्थी यहाँ, चर्न खोज्यो होला बैश
चर्न दिन्न बैश भनि, करायौकी मेरी सानु?

तिर्म्रै तिमी मेरो, हुनै पर्छ भन्थेउ तिमी
मलै छाडि अर्कै पो मन्, परायौकी मेरी सानु?

मन पराए ठिकै भयो, खुसी भैइ बस्नु तिमी
उसै बाट सिउदो आफ्नो भरायौकी मेरी सानु?

No comments:

Post a Comment