Wednesday, July 22, 2009

गजल

















कहिलै
नभाको कुरा जिवनमा आज भयो

मेरी आफ्नै प्रेमिकामा अर्कैको पो राज भयो

सजाएर राखी रहे मुटु भित्र उनि लाई
मुटु बाटै चोरी लाने कुन मोरा पो बाज भयो

हिजो सम्म मेरो संसार तिमी नै हौ भन्थिन उनि
आज अर्कैको माया उनको शिरको ताज भयो

अर्कै सङ देख्दा उनलाई मुटु मेरो जली रह्यो
त्यही आगोमा हात सेकी उनैको मसाज भयो

छोडी गए पछि उन्ले के खै गर्न बाकी?
जाड रक्सी धोकी बस्ने एउटै कामकाज भयो

धेरै थिए उनि सङ माया प्रिती गास्ने हरु
उनकै माया सक्खर भो मेरो माया गाज भयो

No comments:

Post a Comment