Wednesday, July 22, 2009

गजल




















अर्कैसँग
रमाई रात काट्या छैन नानु

तिमीलाई मैले केही कुरा ढाँट्या छैन नानु

नदेखेको होइन मैले अर्कैसँग तिमीलाई
तर तिम्रो जस्तै यो मन फाट्या छैन नानु

अर्कैसँग हिंडदा मैले शंका मात्र गर्छ्यौ किन?
सँगै हिडदा उन्को गाला चाट्या छैन नानु

'तिमी जस्ता हजारौ छन् मेरो अघिपछि' भन्थ्यौ
तिमी जस्ती अर्की मैले छाँट्या छैन नानु

तिम्रा प्रेमी हजार होलान मेरो लागि केवल तिमी
एउटै मुटु अन्त मैले साँट्या छैन नानु

शंकाकै भरमा मलाई छाडी जान्छ्यौ भने जाऊ
तिमीलाई यतै तान्ने डोरी बाट्या छैन नानु

जीवन तिम्रो सफल रहोस् मैले संसार त्यागे पनि
अर्कैसँग जिउनु मैले आँट्या छैन नानु

2 comments:

  1. uttam bhai k ho timi t khatra kabi po bha rahe chau ni saru ,nanu sanu haru le sabai le dhoka diyo hai.....................:)

    ReplyDelete
  2. diyo hajur k garnu yastai huda raichhan hai.................

    ReplyDelete