Wednesday, July 22, 2009

गजल










नाता नभै पनि तिमीलाई मैले आफ्नै मान्न थाले
तिम्रै हुने सपना बोकी मैले जिवन धान्न थाले

तिमीलाई आज सम्म विरानो नै लग्छु क्यारे
स्वयम भगवान पनि मलाई पराइ किन ठान्न थाले

सब्ले भन्छन राम्री तिमी झनै राम्रो बोली तिम्रो
त्यसैले नयन बाण तिमी तिरै हान्न थाले

आफ्नै भनि ठान्थे तिम्रा आफ्ना कति कति
आफ्नै ठानि तिमीलाई सब्ले आँफै तिर तान्न थाले

तिम्रै सुन्दर रूपले सब्लाई मोहनी पो लायो क्यारे
बुढा पनि तिमीलाई अब आफ्नि भनि छान्न थाले

तिम्रो पछि लाग्दिन अन्तै तिर धाउछु बरु
तिमी मेरी हुन्नौ भनि अब मैले जान्न थाले

No comments:

Post a Comment