Wednesday, July 22, 2009
गजल
अपवित्र रैछ यो मन फेरी पनि धुन्न नानु
गाह्रो रैछ पवित्र मन भाको मान्छे चुन्न नानु
बोली पनि अपवित्र लाग्छ क्यारे तिमीलाई मेरो
तिम्रै निम्ती गाए गजल एक्कै पल्ट सुन्न नानु
बैनी सम्झी तिमीलाई माया गर्नु पाप भयो
पुन्य हुन्थ्यो होला शायद मायाजाल बुन्न नानु
माया गरी टाउकोमा छुँदा पनि रिसायौ रे
माया गरी पिट्दा पनि कोइ बैनी रुन्न
गंगा जल रैछौ तिमी गन्हाउने म ढलको पानी
मिसिदैमा ढलमा गंगा अपवित्र हुन्न नानु
मैले छुँदा अपवित्र भयौ भने माफ गर
तिमीलाई मात्र होइन तिम्रो छाँया पनि छुन्न नानु
म सँग रिसाएनी खुशी भै बस्नु तिमी
दादा भन मलाई भनि भिक माग्न आउन्न नानु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment