Wednesday, July 22, 2009

गजल


बिकास गर्न सबले पाइला चाल्नै पर्छ अब
भ्रष्टाचारी बस्ने कुर्सी बाल्नै पर्छ अब

कुर्सी कै आड लिई जनता दमन गर्ने
हरू
तिमीलाई लागि तिर्सुलिमा फाल्नै पर्छ अब

जनताको त्यो कमाइमा मस्त सँग बसेउ तिमी
बाकी जीवन जेलामा तिमीलाई हल्नै पर्छ अब

महल भित्र बस्छ्यौ तिमी कसैलाई झुप्रो छैन
तिमीले बस्ने महल पनि ढाल्नै पर्छ अब


जती खाए पनि हुन्न सुगुर जस्तो बानी तिम्रो
घुस् खाने तिम्रो मुख टाल्नै पर्छ अब

थुप्रै
थुपारेछौ धन भ्रश्टाचार गरी गरी
तिम्रो त्यही धनले गरीब पाल्नै पर्छ अब

1 comment: